सुचना, समाचार र मनोरन्जन

‘नेपाली लोकनाचको विगत र वर्तमान’ गोष्ठी सम्पन्न

काठमाडौं :
कार्यपत्र प्रस्तुति र त्यसमाथि टिप्पणीसँगै ‘नेपाली लोकनाचको विगत र वर्तमान’ शिर्षकको कार्यशाला गोष्टी आज सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा भएको गोष्ठीमा नेपाली लोक नृत्यको सँरक्षणमा राज्यपक्षबाटै पहल गरिनु पर्ने सम्बन्धि कलाकारहरुले बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘नेपाली लोकनाचको विगत र वर्तमान’ शिर्षकको शो कार्यक्रममा स्वागत मन्तव्य संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी सभा सदस्य शान्ति कठायतले लोक नृत्यमा नेपाल धनी भएको बताईन्। आयोजित नृत्य सम्बन्धि गोष्टी कार्यक्रममा पश्चिमा नृत्यले हाम्रो लोकनृत्यलाई अतिक्रमण गरिरहेका पनि उनीहरुले बताएका छन् । गोष्ठीको आयोजना नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नृत्य बिभागले गरेका हो ।

नेपाली लोक नाचको बिगत र वर्तमान शिर्षकमा सो समारोहमा वरिष्ठ नृत्य निर्देशक केपी पौडेलले कार्यपत्र पेश गरेका थिए । उनको कार्यपत्रमाथि टिप्पणी गर्दै नृत्य निर्देशक रमेश थापाले कार्यपत्रमा धेरै कुरा समेटिएको बताए । लोकसँस्कृति विद रामप्रसाद कँडेलले कार्यपत्रमा टिप्पणी गर्दै त्यसमा छुटेको कुराहरु औंल्याई दिए । सो कार्यक्रमको सहजीकरण गरेका प्राज्ञ सभा सदस्य महेश गोदारले कार्यपत्रको बारे चर्चा गरे ।

प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य तथा नृत्य बिभाग प्रमुख बखत बहादुर हमाल (सुबर्ण)ले आफुहरुले नेपाल लोक नृत्य संरक्षण र प्रवर्धनमा सक्दो काम गर्ने प्रतिबद्धता जनाए । नृत्यमा पनि लोक तथा मौलिक नृत्य छायाँमा रहेकाले यसको प्रवर्धन गर्नकै लागि आफुहरुले विभिन्न कार्यक्रम गर्दै आएको पनि उनले बताए ।

नेपालका प्रथम नृत्य निर्देशक भैरब बहादुर थापाले गाउँ गाउँमा पुगेर आफुले विभिन्न लोक नृत्यहरु ल्याएर त्यो नृत्य अरुलाई प्रशिक्षण दिँदै नेपाली लोक नृत्यको सँरक्षण गर्दै आएको बताए ।

नृत्यबारे नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचीव धनप्रसाद सुवेदी, नेपाल सङ्गीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका सदस्य सचीव कुश्मा महराले नेपालमा नृत्यको अबस्थाबारे प्रकाश पारे । वरिष्ठ नृत्य निर्देशक राधेश्याम प्रधान, नारायणदेवि प्रधान, नेपाल सङ्गीत तथा नृत्य निर्देशक संघका महासचिव नृपध्वज खत्रीले पनि नेपालमा लोकनृत्यको अबस्थाबारे सो कार्यक्रममा आफ्नो भनाई राखे ।

प्राज्ञ परिषद सदस्य सुवर्णको संयोजकत्वमा आयोजितो सो कार्यक्रममा सो प्रतिष्ठानकी कुलपति निशा शर्माले नृत्यको महत्ववारे प्रकाश पारिन् । आफ्नो कार्यकालमा धेरै भन्दा धेरै काम हुने पनि उनले बताईन् ।

समारोहमा संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका नाट्य विभाग प्रमुख हिसन बहादुर मगर , परम्परागत तथा शास्त्रीय विभाग प्रमुख डाक्टर किरात, लोक सङ्गीत विभाग प्रमुख टीका पुनलगायतका उपस्थिति थियो ।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds