सुचना, समाचार र मनोरन्जन

रानीमहल घुम्न गएका विभिन्न जिल्लाका पर्यटक अलपत्र

पाल्पामा दुई दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण रानीमहल घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पहिरोका कारण रानीमहल घुम्न जाने र घुमेर फर्कने पर्यटक बाटोमै रोकिएका हुन् ।

निरन्तरको वर्षाका कारण तानसेन रानीमहल सडकखण्ड २४ घण्टादेखि अवरुद्ध छ । स्थानीय बसन्त कुवरका अनुसार रानीमहल सडक खण्डको आधा दर्जन बढी स्थानमा पहिरो गएको छ । गाईघाट, बैकुण्ठे भीर,हात्ति ढुङगालगायतका ठाउँमा पहिरो गएको हो ।

तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले डोजर पठाएर पहिरो हटाउने तयारी भएको बताए । एक दुई घण्टाभित्र पहिरो हटाउन सकिने उनको भनाई छ  ।

प्रेमको प्रतिक रानीमहल घुम्न दसैलगत्तै पोखरा सहित कास्की , स्याङजा, पर्वत, बाग्लुङ,  गुल्मी, काठमाडौं,  बुटवल, कपिलवस्तुबाट पर्यटक जाने गर्दछन।

कमेन्ट्स
Loading...