प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जिवितै पत्रकारलाई बिज्ञप्ती नै जारी गरेर समवेदना श्रद्धाञ्जली दिएका छन् । सिरहाको लाहान नगरपालिका निवासी बरिष्ठ पत्रकार रामानन्द गुप्ताको निधन भएको भन्दै मुख्यमन्त्री राउतले समवेदना दिएका हुन् ।
नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको हाल बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । सोही अस्पतालले जिवित रहने संभावना नभएको भन्दै परिवारलाई बुझाएपछि लाहानस्थित निवासमा ल्याउँदा उनी बोलेका थिए, साथै उठन समेत खोजेका थिए ।
पत्रकार गुप्ता बोलेपछि तत्कालै उपचारका लागि पुनः अस्पताल पठाइएको छ। तर प्रदेश सरकारका मुख्यमन्त्रीले नै जिवितै मान्छेलाई समवेदना दिएपछि उनको आलोचना भएको छ । जिवितै पत्रकारलाई बिज्ञप्ती नै जारी गरेर समवेदना श्रद्धाञ्जली दिनु उनको गैरजिम्मेवारपूर्ण कार्य भएको आफन्तले बताएका छन् ।
