सुचना, समाचार र मनोरन्जन

नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा शर्मा चयन

पोखरा /

नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा निर्विरोध चयन भएका छन् ।

संघको शुक्रबार सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत समेत रहेका शर्माको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

यसैगरी धौलागिरि लघुवित्तका सीईओ मिन बहादुर बोहरा उपाध्यक्ष चयन हुँदा महसचिवमा नेशनल माइक्रोफाइनान्सका रामबहादुर यादव र कोषाध्यक्षमा उन्नति माइक्रोफाइनान्सको सीईओ प्रेम बहादुर पाठक र सचिवमा सबैको लघुवित्तको सीईओ केशवकुमार पौडेल चुनिएका छन् ।

यसैगरी सदस्यहरुमा जनउत्थान सामुदायिक लघुवित्तका सीईओ श्रीराम पोखरेल, जाल्पा सामुदायिक लघुवित्तकी बिमला योगी, सिभिल लघुवित्तका विनोद आचार्य, आशा लघुवित्तका बद्री प्रसाद दुलाल, इन्फिनिटी लघुवित्तका प्रविण कुमार लामा र महुली लघुवित्तका सीईओ गंगाधर पाण्डे चयन भएका छन् ।

विजय लघुवित्तका सीईओ निवर्तमान अध्यक्ष बसन्त कुमार लम्साल नेतृत्वको कार्य समितिको २ वर्षे कार्यकाल सकिएपछि संघको साधारणसभाले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।

लघुवित्त बैंकर्स संघ लघुवित्त वित्तीय सँस्थाहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओहरु) को छाता संगठन हो ।

कमेन्ट्स
Loading...