सुचना, समाचार र मनोरन्जन

एल क्लासिको : बार्सिलोना घरेलु मैदानमै चिर प्रतिद्वन्द्वी रियलसंग पराजित

सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । आइतबार राति भएको ला लिगा अन्तरगतको खेलमा रियल क्याम्प नाउमा २–१ गोलअन्तरले विजयी बनेको हो ।

नाउ क्याम्पमा भएको खेलको पहिलो हाफको ३२ औँ मिनेटमा डेभिड आलाबाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । क्लासिकोमा उनको यो पहिलो गोल हो । उनी यो सिजनको सुरुवातमा बायर्न म्युनिखबाट रियलसँग अनुबन्ध भएका हुन् । दोस्रो हाफको इन्जुरी समयमा लुकास भाज्क्वेजले गोल गर्दै रियलको जीत सुनिश्चित गरे ।

इन्जुरी समयको अन्तिम मिनेटमा सर्जियो अगुएरोले एक गोल फर्काए पनि उक्त गोल सान्त्वना गोलमात्र बन्न पुग्यो । जितसँगै रियल मड्रिड ९ खेलबाट २० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने १५ अंक जोडेको बार्सिलोना आठौं स्थानमा  सिमित बनेको छ ।

कमेन्ट्स
Loading...