सुचना, समाचार र मनोरन्जन

स्वास्थ्य सेवालाई अपाङ्गता समावेशी बनाउन सरोकारवालाहरुको जोड

पोखरा /

राष्टिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेश कार्यलयको आयोजनामा पोखरामा भएको “अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य र पुनर्स्थापना तथा प्रादेशिक स्वास्थ्य नीतिमा सवाल समाबेश” सम्बन्धी अन्तरक्रिया” कार्यक्रमका सहभागीहरुले स्वास्थ्य सेवालाई अपाङ्गता समावेशी बनाउनु पर्ने कुरामा जोड दिएका छन।

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयको तर्फबाट प्रस्तुतिकरण राख्दै कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यवस्थापन केन्द्र गण्डकी प्रदेशका निरिकक्षक लक्ष्मण बस्यौलाले बिभिन्न नितिले स्वास्थ्य सेवा प्रवाहामालाई अपाङ्गता समावेशी बनाउनुपर्नेमा जोड दिएको भएता पनि प्रयाप्त बजेट र जनशक्तिको अभाव रहेको जनाउँदै अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यको कार्यक्रमका लागी संघ र प्रदेश सरकारले बजेट बिनियोजन नगरेको समेत जानकारी गराए।

राष्टिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेश कार्यलयको तर्फबाट प्रस्तुतिकरण राख्दै अध्यक्ष खोमराज शर्माले अपाङ्गता भएका व्यक्तिहरुको सिघ्र पहिचानको लागी जनशक्ति र अस्पतालहरु क्षमता बिकास गर्नुपर्ने, सहायक सामाग्री बितरण गर्दा नापचाँच गरी प्रयोग सम्वन्धी तालिम सहित बितरण गर्नुपर्ने, बिभिन्न थेरापी सेवाहरु उपलवध गराउनुपर्ने, नियमित जाँच परामर्श र औषधिहरु निशुल्क उपलव्ध गराउनुपर्ने, अत्यावस्यक औषघि फ्याक्टर नियमित आपुर्ति गर्नुपर्ने, तत्काल चाहीने मनोपरामर्श सेवा, रेफरल सेवा सरकारले उपलव्ध गराउनु पर्ने कुरामा जोड दिए।

स्वास्थ्य सेवालाई अपाङ्गता समावेशी गराउन पहुँचयुक्त संरचान सुचान प्रणाली, भवनहरु युनिभर्षल डिजाईनमा निर्माण, बहीरा अपाङ्गता भएका व्यक्तिहरुको लागी दोभाषेको ब्यवस्था, अस्पतालका बेडहरु सोही बमोजिम निरमाण स्वास्थ्य कर्मचारीहरुको ब्यवहार, अपाङ्गता सहायता कक्ष हेल्प देक्स लगायतका बिषयहरुमा जोड दिनुपर्ने बताए।

कार्यक्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक डा भरत बहादुर खत्रीले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा गरेर उपचारमा सहजिकरण गर्न सकिने बताउँदै अस्पतालले सञ्चालन गरिरहेको सामाजिक सेवा इकाईलाफ अझै प्रभावकारी बनाउँदै लगिने र अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या भए आफुहरु सहजिकरण गर्न तयार रहेको बताए।

प्रदेश स्वास्थ्य तालिम केन्द्रका प्रमूख रमेश अधिकारीले प्रदेश स्वास्थ्य तालिम केन्द्रले सञ्चालन गर्ने तालिमरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई समावेश गर्ने गरी तालिमहरु सञ्चालन गर्ने बता।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिम बहादुर खडकाले अपाङ्गता भएका व्यक्तिहरुको लागी योजना निर्माण गर्न यकिन तथ्याङ्कको अभाव रहेको र त्यस्कालागी मिलेर काम गर्नुपर्ने बताउँदै हाल प्रदेशले निर्माण गरिरहेको स्वास्थ्य नितिमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेस गर्न आफुले मन्त्रालयमा आवस्यक छलफल गर्ने जनाउँदै स्वास्थ्य नितिले समेटन नसकेका बिषयहरु सम्वोधन गर्न अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यका सवालहरु सम्वोधन गर्न छुट्ठै रणनिति बनाएर काम गर्न आफुहरु तयार रहेको समेत जानकारी गराए ।

कमेन्ट्स
Loading...