सुचना, समाचार र मनोरन्जन

होण्डा फेस्टिभ बोनान्जामा संजयले पाए साढे ३ लाख

  •  
  •  
  •  
  •  

पोखरा /

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दशैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको ‘होण्डाको फेस्टिभ बोनान्जा’ योजना अन्तर्गत पहिलो विजेता घोषणा भएको छ । कम्पनीले लक्की ड्र मार्फत विजेताको घोषण गरेको हो ।

बुटवलको ड्राइभवे व्हिलस्बाट डब्लुआरभि एसभिएमटी खरिद गरी संजय नेपाल योजनाको पहिलो विजेता बनेका छन् । उनले लक्की ड्र मार्फत साढे ३ लाख नगद उपहार प्राप्त गरेका छन् ।

यस योजना अन्तर्गत ग्राहकहरुले होण्डा कारको खरिदमा हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

यसका साथै यस योजनामा हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यासब्याक जित्न सक्नेछन् । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू गरिएको छ ।

कमेन्ट्स
Loading...