पोखरा /
दशौं महाधिवेसन अन्तर्गत मंगलबारदेखि जारी एमालेको पालिका अधिवेसन पोखरामा बल्ल सुरु भएको छ । सुरुमै सर्वसम्मतिको प्रयास गरेपनि सहमति जुट्न नसकेपछि मनोनयन दर्ता सुरु भएको छ ।
महानगरको नेतृत्वका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । हालका अध्यक्ष दीपक पौडेल सहित नेताहरु तेजनारायण अधिकारी, दीलिप न्यौपाने, हरि त्रिपाठी र धनबहादुर नेपालीले मनोनयन दर्ता गराएका हुन् ।

यस्तै, उपाध्यक्षमा ६ जना सचिवमा २ जनाले मनोनयन दर्ता गरेका छन् । मोहन गुरुङ, बैनबहादुर गुरुङ, उमा परियार, राजकुमारी भुजेल, यशोधा भट्टराई, र चिरन्जिवी पोख्रेल उपाध्यक्षको प्रतिश्पर्धामा छन् । सचिवमा जीवन आचार्य र गोकर्ण अधिकारी मात्रै उम्मेदवार बनेका छन् ।
उपसचिवमा भने धेरैको मनोनयन परेको छ । सीमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, बलराम गिरी, रामचन्द्र थापा, खड्कबहादुर विश्वकर्मा, प्रकाश पौडेल, शिवप्रसाद आचार्य, हरिप्रसाद लम्साल, मीनबहादुर थापा, विष्णु पुनले उम्मेदवारी दिएका छन् । यस्तै, विरेन्द्र भण्डारी, दलबहादुर खत्री, हरिमाया गुरुङ, सूर्य भण्डारी, विष्णुहरी तिमिल्सिना, सुभाष ढुंगाना र सीता विकले पनि उपसचिवमा दावी गरेका छन् ।
सबै पदाधीकारी १÷१ जना तथा उपसचिव २ जना निर्वाचित हुनेछन् । मनोनयन पछि पनि सर्वसम्मतको प्रयास भैरहेको छ । श्रोतका अनुसार दीलिप न्यौपाने र दीपक पौडेलबीच अध्यक्षमा कडा प्रतिश्पर्धा छ । एमाले पदाधिकारीमा उम्मेदवारी दिनेमध्ये अधिकांश महानगरका वडाध्यक्ष छन्।