पोखरा /
नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा युवा नेता दिलीप न्यौपाने सर्वसम्मत चुनिएका छन् । बिहिबार उनलाई सर्बसम्मत रुपमा चयन गरिएकाे हाे । न्यौपाने महानगर कमिटी पूर्वसचिव हुन् ।
पाेखराकाे नेतृत्व लिन ५ जनाले मनाेनयन दर्ता गराएका थिए । हालका अध्यक्ष दिपक पाैडेल सहित नेताहरु तेजनारायण अधिकारी, हरि त्रपाठी र धनबहादुर नेपालीकाे उम्मेद्वारी परेकाेमा पटक पटककाे छलफल पछि न्याैपानेलाई छाेड्न तयार भएका हुन् ।

समितिकाे उपाध्यक्षमा राजकुमारी भुजेल, सचिवमा जीवन आचार्य तथा उपसचिवमा रामन्द्र थापा र सीता बिक चयन भएका छन् । यद्यपि घाेषणा हुन बाँकी छ। केही समय अघि मतदान गर्ने तयारी थियाे । मतपत्र र मतपेटिका समेत तयार गरिएकाेमा अन्तिम समयमा सर्वसम्मत गरिएकाे हाे ।
कास्कीकाे माछापुच्छ्रे बाहेक सबैमा कार्यसमिति पूर्ण भएकाे छ । मादी गाउँपालिका कमिटीको अध्यक्षमा बालकृष्ण गुरुङ, उपाध्यक्षमा एकजंग गुरुङ, सचिवमा सुवास सापकोटा र उपसचिवद्वयमा राजु अधिकारी र प्रतीक्षा पौडेल चयन भए । अन्नपूर्णको अध्यक्षमा विवेक देवकोटा, उपाध्यक्षमा मीनाकुमारी गुरुङ, सचिव मदनप्रसाद पौडेल, सहसचिवमा दानबहादुर केसी र विराज सुवेदी छन् । रुपा गाउँपालिका कमिटी अध्यक्षमा सवाबक्स मियाँ निर्विरोध चयन भएको एमाले कास्की जिल्ला कमिटीका सचिव दामोदर बैरागीले जानकारी दिए ।
महानगर कमिटीमा भौगोलिक तर्फबाट सदस्यहरु २५ जना निर्विरोध चयन भएका छन् । चयन हुनेमा वडा नम्बर १ बाट ईश्वरीप्रसाद बाँस्तोला, ३ बाट शशिधर पराजुली, ४बाट इन्द्रकुमारी अधिकारी, ६ बाट विष्णुबहादुर भट्टराई, ७ बाट पुरुषोत्तम रेग्मी, ८ बाट ईश्वरप्रसाद सुवेदी, ९ बाट प्रकाश शर्मा, ११ बाट नारायण प्रसाद बास्तोला, १२ बाट वीरबहादुर थापा, १३बाट कृष्णकुमारी गुरुङ, १५ बाट तोरणबहादुर बानियाँ, १६ बाट जगन्नाथ तिमिल्सिना, १७ बाट चिरञ्जीवी पोखरेल, १९ बाट नवीन भण्डारी, २० बाट मोहनबहादुर केसी, २२ बाट खेमराज बराल, २३ बाट चेतबहादुर क्षेत्री, २४ बाट मनोहरि त्रिपाठी, २५ बाट वेदनाथ पौडेल, २७ बाट गणेशराज धमला, २८ बाट दिनेशबाबु खड्का, २१ बाट प्रमोद कुमार पौडेल, ३० बाट प्रेमराज बसौला, ३२ बाट विष्णुप्रसाद तिवारी र ३३ बाट चन्द्रप्रसाद पौडेल चयन भएका हुन् । भौगोलिक तर्फ ३३ वडाका ४६ जनाको उम्वेदवारी परेको थियो । प्रत्यक वडाका १ जना सदस्य चयन हुने व्यवस्था विधानमा छ ।