सुचना, समाचार र मनोरन्जन

फेदबाट हिमाल हेर्ने हुटहुटी { फोटो फिचर }

हेर्नुहोस् हिमालसँग लुकामारी

प्रेम थापा ,पोखरा /

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस।

यी हातले सँधैसँधै नेपाल लेख्न पाइयोस्।

कालीप्रसाद रिजालको शब्द र रामकृष्ण ढकालको स्वर रहेको यो गीत निकै चर्चित छ। पोखरा त्यही सहर हो, जहाँबाट उठ्ने बित्तिकै हिमालको दर्शन गर्न पाइन्छ। यहाँबाट ८ हजार मिटरभन्दा अग्ला तीनवटा हिमाल देखिन्छन्।

अन्नपूर्ण प्रथम, धौलागिरी, मनास्लु, माछापुच्छ्रे हिमाल ८ हजार मिटरभन्दा अग्ला हिमाल हुन्। पोखराबाट हिमालको सजिलै दर्शन गर्ने सबैभन्दा उपयुक्त समय कात्तिक, मंसिर महिना हो। अरु बेला अकलझुकल बादल हटाएर चियाउने हिमाल यी महिनामा कहिलेकाहीँ २४ सै घण्टा पनि मुस्कुराइदिन्छन्।

यति बेला अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमाल २४ सै घण्टा मुस्कुराइरहेका छन्। विगत केही दिनदेखि बिहान र दिनमा मात्र होइन रातमा चन्द्रमाको प्रकाशमा पनि हिमाल हिरा झै टल्किएका छन्।
पोखरामा विदेशी पर्यटकको आगमनको वृद्धि भएकै हिमालको कारण हो।

फ्रान्सेली नागरिक मौरिस हार्जोग, फ्रान्सकै लुइस लेकेनल सहितको टोलीले सन् १९५० को जुन महिनाको ३ तारिखमा ८ हजार ९१ मिटर उच्च अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए। विश्वमा ८ हजारभन्दा अग्लो हिमालमा पहिलो पाइला टेक्ने रेकर्ड गण्डकी प्रदेशमा रहेको हिमाल हुन पुगेको थियो।

सामान्य अवस्थामा अन्नपूर्ण पदयात्रा क्षेत्रको अन्नपूर्ण आधार शिविर, थोरङलापास, मुस्ताङमा स्वदेशी र विदेशी पर्यटकको चापको कारण यति बेला कोठा पाउन पनि मुस्किल पर्थ्यो । कोरोना भाइरसको कारण यति बेला यी पर्यटकीय स्थलमा जान रोक लगाए पनि पछिल्लो समय खुल्ला गरिएको छ ।

कतिपय खुल्ला भएपनि सुनसान छन्। पोखरामा दसैं, तिहारको छुट्टीमा आन्तरिक पर्यटकको ओइरो लाग्छ । विदेशी पर्यटक पदयात्राका लागि ओइरो लाग्छ। कोरोनाले पर्यटन उद्योगमा शुन्यता छाएपनि प्रकृतिले आप्नो सुन्दरता प्रदर्शन गर्न छाड्ने कुरै रहेन।

यही सेरोफेरोमा रहेर हामीले प्रस्तुत गरेका छौ, हिमालसँग लुकामारी :

यसपटक म थुप्रै उथलपुथल छोडेर एक्लो अन्तरमनको यात्रामा निस्किएको छु जहाँ मैले दिनभर खुट्टासँगै मनको यात्रालाई एउटा गति दिएर सोच्न पाएको छु। विगत सम्झिएर असल र खराब छुट्ट्याउन पाउने यस्ता यात्रा मलाई विशेष लाग्छ।

कमेन्ट्स
Loading...