सुचना, समाचार र मनोरन्जन

आकाश चुम्न चुलिएका चुचुरा { फोटो फिचर }

प्रेम थापा /

हिमाल टाढाबाट हेर्दा सुन्दर लाग्छन् । नजिकबाट कस्तो देखिदोँ होला भन्ने हुटहुटी मनमा थियो । सामुद्रिक सतहदेखि ४ हजार ३ सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर (एविसी) पुगेँ । ट्राइपोडलाई ओदान झैं गाडेर ८ हजार मिटर भन्दा उचाइका हिमचुचुरालाई क्यामेरामा कैद गर्ने मौका मिल्यो ।

तस्विर कैद गर्न मैले ढुकेर बस्नु प¥यो । म रातको १२ बजेदेखि साँढे १ बजेसम्म हिमचुली कैद गर्न आँखाका परेला झिमिक्क नगरी बसेँ । ९ डिग्री सेन्टीग्रेडको तापमानमा आधार शिविर आफै चिसिएको थियो तर म भने तस्विरको लोभमा तातेको थिएँ । कतिपय ठाउँमा पानी जमेर हिउँ भएको थियो । तस्विर खिच्ने भोकले भोकलाई पनि भगाएको थियो ।

यी तस्विर कैद गर्नका लागि १४ देखि ३० मिनेटको समय सेट गरेको थिएँ । यस्ता तस्विर खिच्नका लागि समयमा नै समय मिलाउनु पर्छ । फोटोग्राफीमा यसलाई स्टारटेल्स शैली भनिन्छ । मैले सोचेजस्तो गर्न नसके पनि सकेजतिको प्रयास गर्दा सन्तुष्ट छु । चुचुराहरूले आकाश चुम्न खोज्दा रहेछन् जसरी क्यामेराले हिमाल खिच्न खोज्छ । त्यो साँझको संझनाले ३ दिन ३ रातको थकाइ विर्सेको छु ।

कमेन्ट्स
Loading...