सुचना, समाचार र मनोरन्जन

पाेखरामा ठूलो मात्रामा लागू औषधसहित २२ वर्षीय गाैरव पक्राउ

ठूलो मात्राको लागू औषध सहित पोखरामा एकजना युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा ३० गगनगौडा पावरहाउसस्थित सवारी साधन चेकजाँच गर्दा ठूलाे मात्रामा लागू औषधसहित ती युवकलाई पक्राउ गरेकाे प्रहरीकाे भनाइ छ ।

म्याग्दीकाे मालिका ओखरबोट स्थायी घर भई हाल बेनी ८ क्याम्पस चोक बस्ने २२ वर्षीय गौरव बुढा पक्राउ परेका हुन् । उन साथबाट लागू औषध डाईजापाम- १२६ एम्पुल, नर्फिन- १२६ एम्पुल, फेनार्गन- १२६ एम्पुल गरी जम्मा ३७८ एम्पुल र मोबाइल -१ थान सहित फेला पारी पक्राउ गरिएकाे हाे ।

उनलाई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट दश दिनकाे म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएकाे छ ।

कमेन्ट्स
Loading...