मानवसेवा आश्रम पोखरा शाखाको भवननिर्माण सहयोगका लागि आयोजना भएको बृहद् सांस्कृतिक देउसी भैलो कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ।
बरिष्ठ हास्य कलाकार मनोज गजुरेल, दोहोरी गायक पशुपति शर्मा, लोक गायक चिरन बराल, देवीस्थान हेम्जा भजन समुह, पोखरा हेम्जा परिवारको खैजडी भजन, मानवसेवा आश्रमका अभियन्ता र बालगोपालहरुको प्रस्तुति रहेको कार्यक्रममा करिब ७०० जनाको सहभागीता रहेको थियो।
कार्यक्रमबाट मानवसेवा आश्रम पोखरा शाखाको भवननिर्माणको लागि रु २८ लाख ४२ हजार २ सय ८९ रुपैया रकम संकलन भएको छ । यसबाहेक देउसी भैलो कार्यक्रममा मानवसेवा आश्रम पोखरा शाखाको १५ कोठा निर्माणको लागि प्रति कोठा रु ५,११,१११ को दरले अन्य विभिन्न जिल्लामा सञ्चालित १५ शाखाहरुले योगदान गर्ने घोषणा समेत भएको छ।

हाल सात प्रदेशको १६ जिल्लामा २३ ओटा मानवसेवा आश्रमको सेवाकेन्द्रहरु सञ्चालित छन् । उक्त आश्रममा हाल ७७ ओटा जिल्लाबाट उद्धार गरिएका १६०० बढी बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर सहयोगापेक्षी मानवहरु आश्रित छन्।
कार्यक्रम मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीको अध्यक्षता र गण्डकी प्रदेश सरकारका प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो । यस्तै गण्डकी प्रदेश सरकारका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री माननीय हरिशरण आचार्य, प्रदेश सभा सदस्य इन्द्रभारा बिष्ट, प्रभा कोइराला, कृष्ण थापा लगायत महत्वपूर्ण व्यक्तिहरुको उपस्थिति रहेको थियो ।