सुचना, समाचार र मनोरन्जन

बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका महिला पक्राउ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसन आन्दोलनमा छ । बारले मंगलबार पनि आन्दोलन जारी राखेको छ ।

सोही क्रममा मंगलबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ पर्नुभएकाे छ।

बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तारा बरालसहित तीन जना महिलालाई बार कार्यालयको गेटअगाडिबाटै प्रहरीले पक्राउ गरेको हो ।

हेर्नुहोस् तस्वीरहरु :

कमेन्ट्स
Loading...