सुचना, समाचार र मनोरन्जन

पटक पटक अतिक्रमणको प्रयास गर्दै भारतीय एसएसबी

सुस्ता गाउँपालिका वडा नं ५ नारायणी नदीपारिको सुस्ता गाउँ कुल ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा फैलिएको छ। त्यसमध्ये ७ हजार ५ सय हेक्टर जमिनमात्रै नेपालीले भोगचलन गर्दै आएका छन्। १४ हजार हेक्टर नेपाली भूमि भारतीय पक्षले यसअघि नै अतिक्रमण गरिसकेको छ भने भारतीय पक्षको दबाबको कारण करिब साढे १९ हेक्टर जमिन आफ्नो भएर पनि स्थानीयले त्यसै छोडिदिएका छन्।

२०६२ जेठ १७ गतेदेखि भारतीय पक्षले सुस्तामा अतिक्रमण बढाउँदै गएपछि २०६४ सालमा दुबै देशका सुरक्षा अधिकारीका बीचमा भएको वार्ताबाट एउटा सहमति भयो। सहमती थियो, अतिक्रमणका कारण विवादित बनेको १९ हजार ४ सय ८० हेक्टर जमिन नेपाल र भारतीय कुनै पनि पक्षले जोतभोग र उपयोग नगर्ने।

उक्त जग्गा भारतको रहेको दाबी भारतीय पक्षको थियो भने, सुस्ताबासी उक्त जग्गाको लालपुर्जा आफूहरूसँग रहेकोले आफूहरूको भएको बताउँदै आएका थिए। सोही जग्गाको कारण सीमावारि र पारि पटक(पटक विवाद बढ्दै गएपछि दुबैतर्फका सुरक्षा अधिकारीले कुनै पनि पक्षले उपभोग र जोतभोग नगर्ने सहमति गरेका थिए। तर अहिले फेरि भारतीय पक्षले सोही जग्गामा आँखा लगाउँदैु नापजाँच गर्न लागेको स्थानीयको दाबी छ।

स्थानीय रवीन्द्र जयसवालले आइतबार र सोमबार दुई दिनसम्म एसएसबीको पोशाक र हतियारसहित आएको समूहले विवादित जग्गा नापजाँच गरेको र बाँकी रहेको जमिनसमेत फेरि भारतले खोस्ने हो कि१ भन्ने चिन्ता बढाएको बताए।

जयसवालले ६ महिना अघि सोही क्षेत्रमा ड्रोन चलाएको भारतीय एसएसबीले अहिले भने आफैं आएर रसी लगाएर नापजाँच गरेको बताए।

कमेन्ट्स
Loading...