सुचना, समाचार र मनोरन्जन

सौन्दर्य व्यवसायमा प्रिया, पोखराको लेकसाइडमा खोलिन् ‘बेलो बलस’

पोखरा /

कोरोना महामारीका कारण देशमा लकडाउन थियो । सबै आफ्नो व्यवसाय ठप्प गरेर घरबास भएका बेला पोखरा ड्यामसाइडकी प्रिया गुरुङ भने व्यवसाय सुचारु गर्ने सोच बनाइरहेकी थिइन् । के गर्ने र कसो गर्ने भन्ने थियो । सानै देखि सुन्दरतामा रुची राख्ने स्वभावकी प्रियाले सौन्दर्य व्यवसाय नै रोजिन्।

सौन्दर्य व्यवसाय त गर्ने तर के ? फेरि यसैपनि पोखरामा सौन्दर्य व्यवसायमा लाग्नेहरुको भिड बाक्लो छ । उनका लागि चुनौतीको विषय बन्यो । तर आँटलाई यत्तिकै विस्थापित हुन प्रियाले दिइनन् । लकडाउनका समय घरमै आफ्नै कोठाबाट व्यवसाय थालिन्। आफ्नै नङ र परेलालाई आर्कषण शैलीमा सजाउँदै इन्स्टाग्राममा पोस्ट गरिन् । फलोहर दिनप्रतिदिन बढ्दै गयो । सकरात्मक प्रतिक्रिया मिल्दै गयो। त्यसपछि प्रियालाई झनै उक्त व्यवसायलाई मुर्त रुप दिन रहर लाग्यो।

घरकै माथि एउटा सानो स्टुडियो बनाइन् । वरिपरिका महिलाहरुको आकर्षण बढ्दै गयो। छोरीको आम्दानी देख्न थालेपछि परिवारलाई पनि उनको पेशा प्रति आश पलायो । त्यसपछि भने परिवारको सहयोग समेत उनले पाउन थालिन्।

सुरुमा त उनले आफ्नो व्यवसायका बारेमा परिवारलाई कुरा राखिन् । परिवारलाई उनको व्यवसाय प्रति विश्वास लागेन् । निसंकोच अडिक भएर सोही व्यवसायमा लाग्ने प्रणका साथ हाम हालिन् । घरकै माथि एउटा सानो स्टुडियो बनाइन् । वरिपरिका महिलाहरुको आकर्षण बढ्दै गयो। छोरीको आम्दानी देख्न थालेपछि परिवारलाई पनि उनको पेशा प्रति आश पलायो । त्यसपछि भने परिवारको सहयोग समेत उनले पाउन थालिन्।

लकडाउन खुकुलो हुनेबित्तिकै प्रियाले लेकसाइडको ओजन गल्लीमा ‘बेलो बलस’ नाम राखेर करिब २० लाख लगानीमा व्यवसाय सुरु गरिन् । सौन्दर्य व्यवसाय भएकाले लेआउट समेत आकर्षण शैलीको बनाइन् । बेलो बलसमा हाल नङ र परेला सम्बन्धिमात्र सेवा प्रवाह गरिन्छ । प्रियाका अनुसार बेलो बलस शब्द स्पेनिस शब्द हो । जसमा बेलोको अर्थ राम्रो हुन्छ भने बलस भनेको चमक हो।
खासगरी प्रियाले अन्तराष्ट्रिय पर्यटकका लागि उक्त व्यवसाय संचालन गरेकी हुन्।

British college

अन्य सौन्दर्य व्यवसायी भन्दा केही फरक र नयाँ शैलीको काम भएकाले पनि प्रियाको बेलो बलसमा आकर्षण बढ्दो छ । भन्छिन्, ‘हामीले छोटो समयमा राम्रो सफलता पाएका छौं । हामीले प्रयोग गर्ने प्रोडक्टलाई सबैले मन पराउनुभएको छ ।

यद्धपी उनको बेलो बलसमा पोखराकै महिलाहरुको पनि उपस्थिति हुन थालेको छ। अन्य सौन्दर्य व्यवसायी भन्दा केही फरक र नयाँ शैलीको काम भएकाले पनि प्रियाको बेलो बलसमा आकर्षण बढ्दो छ । भन्छिन्, ‘हामीले छोटो समयमा राम्रो सफलता पाएका छौं । हामीले प्रयोग गर्ने प्रोडक्टलाई सबैले मन पराउनुभएको छ । स्वास्थ्यमा समेत असर नपार्ने प्रोडक्ट भएकाले आकर्षण बढ्दो छ । सोचे भन्दा पनि राम्रो भइरहेको छ।’

बेलो बलसमा क्वालिटी सर्भिस दिने गरिन्छ । अन्यत्र भन्दा केही महङ्गो जस्तो देखिए पनि काममा भने ग्राहक सन्तुष्ट नै देखिने गरेको प्रियाको भनाई छ । भन्छिन्, ‘मान्छेलाई कसरी राम्रो बनाउन सकिन्छ त्यसलाई नै बढवा दिने काम हाम्रो हो । अहिले सामान्य सेवा मात्र दिने र पछि सुन्दरता सम्बन्धी सबै सेवा प्रवाह गर्ने उद्देश्य स्वरुप लगानी गरिएको हो । भोलीका दिनमा मेकअप स्टुडियो खोल्ने लक्ष्य छ ।’
आफ्नै टे«निङ सेन्टर पनि भएकाले अनुभवीबाट सेवा प्रवाह गरिरहेको प्रिया बताउँछिन् । रोजगारीको ग्यारेन्टी सहित तालिम समेत दिइरहेकी छिन् प्रिया।

५ सय स्क्वायर फिटमा सुरु गरेको व्यवसायलाई १५ सय स्क्वायर फिटमा पुर्याउने लक्ष्य छ प्रियाको । बेलो बलसमा आइब्रो सम्बन्धि सेवा समेत दिने गरिएको छ । पोखरामा सौन्दर्य व्यवसायको मार्केट राम्रो हुँदै गएको प्रिया पाउँछिन् ।

५ सय स्क्वायर फिटमा सुरु गरेको व्यवसायलाई १५ सय स्क्वायर फिटमा पुर्याउने लक्ष्य छ प्रियाको । बेलो बलसमा आइब्रो सम्बन्धि सेवा समेत दिने गरिएको छ । पोखरामा सौन्दर्य व्यवसायको मार्केट राम्रो हुँदै गएको प्रिया पाउँछिन् । उनकोमा प्राय सबै उमेर समूहका महिलाहरु आउने गरेका छन्।

संचालन गरेको ६ महिना पुग्दा कुनै प्रचारप्रसार बिना नै बेलो बलसले राम्रै आम्दानी हासिल गरिरहेको छ । प्रिया भन्छिन्, ‘हाम्रोमा काम राम्रो भएर नै पहिलो पटक आउनुभएका ग्राहक फेरि आउनेगर्नुभएको छ। त्यसैले भविष्यमा पनि राम्रो हुने अपेक्षा गरेको छु ।’ ग्राहकलाई सन्तुष्टि दिलाउने काम प्रति उनी प्रतिबद्ध छिन्।

प्रियाले विदेश जाने सोच कहिल्यै बनाइनन् । बरु विदेश जाँदा लाग्ने पैसा स्वदेशमै लगानी गर्ने सोच उनमा पलायो । फलस्वरुप आज उनी विस्तारै सफलताको पथमा लम्कीरहेकी छिन् । प्रिया अरुलाई पनि विदेश नजान र स्वदेशमा सीप सिकेर लगानी गर्न सुझाव दिन्छिन् ।

प्रियाले विदेश जाने सोच कहिल्यै बनाइनन् । बरु विदेश जाँदा लाग्ने पैसा स्वदेशमै लगानी गर्ने सोच उनमा पलायो । फलस्वरुप आज उनी विस्तारै सफलताको पथमा लम्कीरहेकी छिन् । प्रिया अरुलाई पनि विदेश नजान र स्वदेशमा सीप सिकेर लगानी गर्न सुझाव दिन्छिन् । परिवारको साथमा बसेर आफ्नो व्यवसाय सुचारु गर्दा जस्तो आनन्द विदेशमा नहुने तर्क उनको छ । उनका अनुसार सबै भन्दा ठूलो कुरा आँट हो । भन्छिन्,‘ आँटेपछि आरोह होस् या अवरोह लगनशील भएर लाग्नुपर्छ, सफलता अवश्य मिल्छ।’

कमेन्ट्स
Loading...