सुचना, समाचार र मनोरन्जन
kumdini

पाल्पा–बुटवल सडकखण्ड रातको समयमा पन्ध्र दिन बन्द

पाल्पा/

British college

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड १५ दिनका लागि बन्द गरिएको छ। सो राजमार्गको पाल्पा तानसेन बुटवल सडकखण्ड विस्तार गर्नुपर्ने भएको हुँदा रातको समयमा १५ दिन सडक बन्द गरेर काम गरिँदैछ।

कात्तिक २२ गतेदेखि मङ्सिर ६ गतेसम्म हरेक दिन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द हुने जनाइएको छ। दोभान प्रहरी चौकी आसपासमा सडक चौडा गर्न रातको समयमा सडक पूर्णरुपमा बन्द गरिएको हो।

दिउँसोको समयमा सवारी चाप बढी हुने भएकाले रातको समयमा काम गर्न लागिएको सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले जानकारी दिए। सो समयमा सुरक्षा र एम्बुलेन्सबाहेकका सबै सवारी रोकेर काम गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।

कमेन्ट्स
Loading...