सुचना, समाचार र मनोरन्जन

मुल्य वृद्धिको विरोधमा जलप लगाएको गोपि प्रदर्शन

देशकै ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पस, पोखरामा अनेरास्ववियूले चर्को मुल्य वृद्धिको बिरोधमा सुन रुपि गोवि देखाई बिरोध प्रदशन गरेको छ । खाने पेट्रोलियम पदार्थ, खाने तेल, सिलिन्डर लगाएत दैनिक उपभोग्य सामाग्रीको मुल्यमा आएको वृद्धिले गाउँगाउँबाट आएका विद्यार्थी लगाएत सर्वसाधारण जनतालाई जीवन धान्न मुस्किल हुने भन्दै अनेरास्ववियूले आन्दोलन गरेको हो ।

पृथ्वीनारायण क्याम्पसको गेटमा चक्काजाम गरि अरुलाई सास्ती दिनु भन्दा सांकेतिक विरोध गर्नु आवस्यक ठान्दै सुन जस्तै देखिने रंग लगाएको गोपि हातमा लिएर बिरोध गरेको संयोजक सन्तोष न्यौपानेले बताए । कार्यक्रममा बोल्दै सचिव रशिक न्यौपानेले सर्वसाधारण जनतालाई परेको सास्ती गठबन्धनको सरकारले बुझ्नु पर्ने र जनताको मागको सुनुवाइ गर्दै मूल्य घटाएर जनविश्वास जित्नु पर्ने धारणा राखे ।

केन्द्रीय उपमहासचिव राजन शर्मा पराजुलि, केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष बज्रराज अधिकारी, सचिवालय सदस्य रशिका भण्डारी, सुर्यदेव लामिछाने उपस्थित भएको कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य सन्तोष न्यौपानेले अनेरास्ववियूलाई को सरकारमा छ मतलब हुदैन, हामी निरन्तर जनताको आवाज बुलन्द गर्ने र सुनुवाई नहुदा सम्म आन्दोलन नरोक्ने समेत बताए ।

साथै प्रतिगमनकारी केपि ओलिको सरकार ढाल्ने सामर्थ्य भएको विद्यार्थी आन्दोलनले जनताको आवाज बोलिरहेको छ र यदि सुनुवाइ भएन भने यो सरकार विरुद्ध समेत सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।

पेट्रोलियम पदार्थ र सिलिन्डर ग्यासको मूल्य वृद्धिले विद्यार्थी संगठनहरु आन्दोलित भएका छन । अन्तर्राष्ट्रिय संयोजनको नाम दिएर मूल्य वृद्धि गरिएता पनि अन्तर्राष्ट्रिय बजारमा कुनै परिवर्तन नहुदै नेपालमा भने मुल्य ह्वात्तै बढेको भनेर संगठनहरु आन्दोलनमा छन ।

कमेन्ट्स
Loading...