सुचना, समाचार र मनोरन्जन

प्रधानन्यायाधीश राणाको पक्षमा अनसन बस्न खोज्ने चार वकिल बार भवनबाट पक्राउ

काठमाडौँ/

नेपाल बार एसोसियसनको आन्दोलनको विरोध गर्दै अनसन बस्न खोज्ने चारजना वकिल पक्राउ परेका छन्। रामशाह पथस्थित बार एसोसियनको भवनमा अनसन बस्न पुगेका अधिवक्ता स्वागत नेपालसहितका चारजनालाई पक्राउ गरिएको हो।

उनीहरुले अदालत सुचारु हुनुपर्ने माग राख्दै बारमा अनसन बस्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बारले राणाको राजीनामा माग्दै आन्दोलन गरिरहे पनि नेपालसहितका केही कानुन व्यवसायी भने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्षमा देखिँदै आएका छन्। उनीहरुले सेटोपट्टि बाँध्ने, खाली इजलासमा बहस गर्ने जस्ता कार्य यसअघि पनि गरेका थिए।

कमेन्ट्स
Loading...