सुचना, समाचार र मनोरन्जन
kumdini

रोल्पाको माडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

दाङ/

रोल्पाको माडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। घटना दुई जना घाइते भएका छन्। ब्रेक फेल हुँदा जीप भीरबाट खस्न पुगेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

British college

मृतकहरूमा ५१ वर्षीय सवारी चालक रूद्र घर्तीमगर, ५३ वर्षीय टेकप्रसाद पुन र ४७ वर्षीय चौसरा विक छन्। त्यस्तै उपचारको लागि अस्पताल पुर्‍याइएकी घाइते १६ वर्षीया लीला पुनमगरको पनि मृत्यु भएको प्रनाउ सुवेदीले बताए।

घाइतेहरूमा २१ वर्षीया वीना घर्तीमगर र ६१ वर्षीया पञ्चना विक छन्। रा१ज ३८२ नम्बरको जीप दुर्घटना भएको हो। भिरालो सडकमा ब्रेक फेल भएर जीप भिरबाट खसेको थियो । प्रनाउ सुवेदीले भीरमा खसेको गाडी तत्काल निकाल्न सक्ने अवस्था छैन।

जीप आइतबार बिहान ११ बजेतिर रोल्पाको माडी गाउँपालिका– ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै थियो।

कमेन्ट्स
Loading...