सुचना, समाचार र मनोरन्जन

६ महिना अगाडि निलेको मोबाइल चिकित्सकले शल्यक्रिया गरि निकाले

एजेन्सी/

एक व्यक्ति निकै पेट दुखेपछि चिकित्सक कहाँ जान्छन । केही घन्टापछि चिकित्सकले उनको पेटको एक्सरे गर्छन्। एक्सरे रिपोर्टमा ती व्यक्तिको पेटमा मोबाइल देखेपछि चिकित्सक नै चकित हुन्छन्। उनको तत्कालै शल्यक्रिया हुन्छ। यो हो पश्चिमी इजिप्टको आसवान युनिर्भसिटी अस्पतालको घटना ।
समाचार विवरण अनुसार ती व्यक्तिले ६ महिनाअगाडि एउटा मोबाइल फोन निलेका थिए। स्वाभाविक प्रक्रियाबाट दिशामार्फत मोबाईल बाहिर निस्कने आशामा उनले कसैलाई पनि भनेनन् किनभने आफ्नो अस्वाभाविक कामबाट उनी आफै लज्जित थिए। तर पेट दुखेर सार्‍है पीडा हुन थालेपछि उनी चिकित्सककहाँ गएका थिए। मोबाइलका कारण उनलाई खान पनि असजिलो भएको थियो।
ती व्यक्तिले आफ्नो समस्या बताउनेबित्तिकै चिकित्सकले एक्सरे गरे। पेटभित्र एउटा मोबाइल देखियो। चिकित्सकले तत्कालै शल्यक्रिया गरे। मानिसले मोबाइल निलेर शल्यक्रियामार्फत झिकेको सम्भवतस् यो पहिलो घटना भएको चिकित्सकहरुले बताएका छन ।
मोबाइल पेटबाट निकाले पनि ती व्यक्तिको स्वास्थ्य अवस्थाबारे थप केही बताइएको छैन। शल्यक्रियापछि ती व्यक्ति पूर्ण रुपमा स्वस्थ हुने चिकित्सकहरुको विश्वास छ। उनले किन मोबाइल खाए भन्नेबारेमा इजिप्टका सञ्चारमाध्यमहरुले केही खुलाएका छैनन ।

कमेन्ट्स
Loading...