सुचना, समाचार र मनोरन्जन

कर्णालीका मुख्यमन्त्री शाहीले १४ मंसिरमा विश्वासको मत लिने

सुर्खेत/

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन्। मुख्यमन्त्री शाहीको विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ मा कर्णाली प्रदेशसभाको बैठक आह्वान गरिएको छ।

British college

प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि १४ मंसिरमा प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन। प्रदेशसभा सचिवालयले १४ मंसिर दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको कर्णाली प्रदेशसभा सचिवालयका निमित्त सचिव तेजप्रकाश जोशीले जानकारी दिए।

शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री भएको लामो समयसम्म पनि शाहीले मन्त्रिमण्डलको पूर्णता दिन सकेका छैनन। मुख्यमन्त्री भएको १४औँ दिनमा उनले नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका थिए।

शाही मन्त्री नियुक्त भए पनि सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँडका विषयमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको सत्ता गठबन्धन रहेको कर्णाली प्रदेश सरकारमा माओवादीले चार र एकीकृत समाजवादीले तीन मन्त्रालय माग गरिरहेका छन।

मुख्यमन्त्री शाहीले कांग्रेसलाई मुख्यमन्त्रीसहित चार मन्त्रालय आफूसँगै राख्न खोजेका छन भने माओवादीले सबैभन्दा ठूलो दल भएका कारणले चार मन्त्रालय माग गरिरहेको छ। एकीकृत समाजवादीले विगतको सम्झौताअनुसार तीन मन्त्रालय पाउनुपर्ने माग गरेको छ।

कमेन्ट्स
Loading...