सुचना, समाचार र मनोरन्जन

काँग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधीका लागि शिक्षासेवी रानाभाटको उम्मेदवारी

पोखरा /

नेपाली काँग्रेसको आसन्न १४ औ महाधिवेशन अन्तर्गत केन्द्रिय महाधिवेशन प्रतिनिधी छनोटको निर्वाचनमा कास्की काँग्रेसका नेता तथा शिक्षासेवी चिनु रानाभाटले उम्मेदवारी घोषणा गरेका छन्।

‘अग्रजलाई सम्मान युवालाई प्रोत्साहन’ भन्ने नाराको साथ समाजसेवी समेत रहेका रानाभाटले कास्की क्षेत्र नं. १ बाट उम्मेदवारी सार्वजनिक गरेका हुन्।

उनले कांग्रेस पार्टीलाई व्यवस्थित बनाउँदै नेपालको समग्र शिक्षा क्षेत्रको बिकासको लागि आफ्नो उम्मेद्वारी रहेको बताए। रानाभाटले अबको कांग्रेस विकास, समृद्धिसँगै शिक्षा सेवामा अग्रसर हुने पार्टी बन्नुपर्नेमा जोड दिए।

शिक्षा सेवासंगै काँग्रेसबाट राजनीति गरेका रानाभाटले उम्मेदवारी घोषणा गर्दै सम्पूर्ण मतदाताबाट उचित मुल्यांकन, सहयोग र सुझावसहित मत प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।

कमेन्ट्स
Loading...