सुचना, समाचार र मनोरन्जन

राज्यले संस्कृत विषयलाई बेवास्ता गर्दै

  •  
  •  
  •  
  •  

काठमाडौँ/

तपाईं कुन विषय अध्ययन गरिरहनु भएको छरु के विषयमा कुन तहको अध्ययन सिध्याएर बसिरहनु भएको छर अहिले घर–घरमा राष्ट्रिय जनगणनाका लागि आउने गणकले तपाई हामीलाई सोध्ने प्रश्न हुन् यी। मुख्य गणनामा सोधिने ५५ वटा प्रश्नावलीको दोस्रो पन्नामा शैक्षिक विवरणका लागि प्रश्नावली र उत्तरका लहर तपाईंले देख्नुहुन्छ। प्रश्नावलीको १८ नम्बरमा अध्ययन गरेको क्षेत्र र विषय उल्लेख छ। जवाफ टिपोट गर्ने लहरमा मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य, चिकिल्साशास्त्र, इञ्जिनियरिङ्ग, कानुन, कृषि, वन, पशुविज्ञानरपशुचिकित्सा, मत्स्यपालन, कम्प्युटर÷सूचना प्रविधि गरी ११ वटा विषय छन्।

यदि तपाईले संस्कृत पढ्नु भएको जवाफ दिएमा गणकले त्यो समावेश गर्दैनन । संस्कृत पढेको मानिस अन्यमा दर्ज हुनुपर्दछ। तपाईंले संस्कृत पढेको जवाफ दिए पनि त्यही जवाफ टिप्ने गरी प्रश्नावली बनाइएको छैन। तपाईंले प्रश्नावली नहेरेसम्म त्यो पत्तो पनि पाउनुहुन्न। अन्यमा लगेर गोलमटोलमा संस्कृत पढ्नेहरुको तथ्यांक गणकले राखिरहेका छन्। संस्कृत पढ्नेको तथ्यांक यस पटकको जनगणनाले पनि दिने भएको छैन।

राज्यले नेपालमा संस्कृत पढाइन्छ भन्ने नै बिर्सेको छ। विज्ञहरुबाट प्रश्नावली निर्माण गर्दा नै यस्तो त्रुटि भएको हो। कार्तिक २५ देखि चलिरहेको राष्ट्रिय जनगणनाको प्रश्नावलीमा त्रुटि भेटिएको हो। यसपटकको जनगणनामा धेरै लामा प्रश्नावली भए पनि महत्वपूर्ण विषय छुटेको छ। विज्ञले प्रश्नावली निर्माण गर्दा यो विषयमा ध्यान पुर्याएनन्। केन्द्रीय तथ्यांक विभागले जनगणना सञ्चालन गरेको पहिलो हप्तामा मात्रै बल्ल त्रुटि थाहा पाएको छ। विभागले त्यसलाई स्वीकार गरेको छ। विभागका निर्देशक तीर्थराज चौलागाईले भने, ‘प्रश्नावली निर्माण गर्दा विज्ञबाट पनि यो विषय उठेन। अहिले यो विषय छुटेको गुनासो आएपछि विभागलाई थाहा भएको हो। हामीले आगामी दिनमा यो गल्ती सच्याउन सक्छौं। अहिलेको जनगणनामा संस्कृत पढेका अन्य समूहमा लगेर राखिने छ।’

नेपालमा संस्कृत शिक्षा पठनपाठन गराउने नेपाल संस्कृत विश्वविद्यालय छ। शिक्षा मन्त्रालयको विसं २०७५ को प्रतिवेदनअनुसार संस्कृत विश्वविद्यालयअन्तर्गत आंगिक १४, सामुदायिक २ र निजी २ गरी जम्मा १८ वटा क्याम्पस छन्। देशभर ३ हजार ५ सय विद्यार्थी वार्षिक विभिन्न तह पार गर्दछन्। नेपालमा २२ वटा संस्कृत माध्यमिक विद्यालय तथा चार दर्जन जति गुरुकुल पाठशाला छन।

प्रा डा यादवप्रकाश लामिछाने।
संस्कृत पठनपाठनका लागि राज्यले हरेक वर्ष एक अर्ब बढी रकम खर्च गरिरहेको छ। ‘यत्रो लगानी गरेर के उत्पादन भएको छ भन्ने राष्ट्रिय जनगणनाले दिन नसक्नु राज्यले नै संस्कृत शिक्षाप्रति गम्भीरता नलिएको प्रस्ट हुन्छ’, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले भने, ‘राज्यका अंगले यस्तो अभियानमा संस्कृत शिक्षा र विश्वविद्यालयलाई बिर्सनु गम्भीर गल्ती हो।’

‘हामीलाई जनगणनाको प्रश्नावलीमा गल्ती भएको छ भन्ने थाहा भएन। बल्ल भयो। विरोध जनाउने र ध्यानाकर्षण गर्ने काम गर्दछौं’, उनले थपे, ‘राज्यले अर्बौं रुपैयाँ खर्च गरेर जनगणना गरिरहँदा संस्कृत अध्ययन अध्यापन गर्नेको संख्या छुट्नु भनेको विश्वविद्यालयले गरेको योगदानलाई सीधै अवमूल्यन गर्नु हो।’

कोही नछुटून् कोही नदोहोरिऊन् भन्ने मुख्य मर्मले १० वर्षमा गरिने जनगणनामा जाति, भाषा, धर्म, आर्थिक अवस्था, पेशा जस्ता महत्वपूर्ण सवाल भए पनि शिक्षा पनि उत्तिकै महत्वपूर्ण विषय हो। कुन विषयमा कति व्यक्ति उत्पादन छन्रु कहाँ खपत हुन्छन्रु राज्यको लगानीले कति उपलब्धि दिएको छरु जस्ता विषय नीति निर्माणका लागि आवश्यक हुन्छ। विभागको तथ्यांकको वैधता र विश्वसनीय र स्वीकार्य जस्ता विषयमा यस्ता त्रुटिले थप प्रश्न उठाउने अवस्था सृजना गरेको छ।

डा. हरि लम्साल।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा। हरि लम्साल भने, ‘हिजो पनि संस्कृत पढ्ने विद्यार्थीहरुको संख्या एकिन नहुँदा परम्परागत रुपमा बजेट विनियोजन गरिँदै आएको थियो। अब पनि संस्कृत पढ्ने कति उत्पादन भए, कति रोजगारीमा छन्, कति बेरोजगार छन्रु राज्यको लागनीबाट के कति उपलब्धि भयो भन्ने आधार नै राज्यका संयन्त्रलाई हुने भएन।’

उनका अनुसार अब पनि त्यो तथ्यांक नआउँदा भोलिका दिनमा संस्कृत विद्यालय र विश्वविद्यालयको उपलब्धि के भयो भनेर राज्यले लगानी गर्ने र त्यसको प्रभावकारिता खोज्ने काममा बाधा पर्नसक्छ। संस्कृत शिक्षा नेपालीका पुरातन मूल्य, मान्यता र संस्कृति अनि हिजोका ज्ञानका स्रोत पनि भएकोले आज पनि उत्तिकै सान्दर्भिक रहेको डा। लम्सालको भनाइ छ। हिजोको ज्ञान अहिलेका पुस्तालाई सिकाएर कसरी सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने भन्नेमा राज्यले ध्यान दिएको छैन।

‘संस्कृत शिक्षा उपेक्षाको सिकार भइरहेको बेला राष्ट्रिय जनगणनामा समेत यसलाई छुटाउने कार्यले संरक्षण र सम्बर्द्धनका लागि राज्य गम्भीर नभएको अर्को प्रमाण भएको छ’, बाल्मीकि क्याम्पसका सहायक प्राध्यापक नवराज कट्टेलले भने। अहिलेको जनगणनामा भएको यस्तो गल्तीले संस्कृत भाषाको संरक्षण र सम्बर्द्धनका लागि काम गर्नेहरुलाई निराश तुल्याएको सरोकारवालाको गुनासो छ।

सहायक प्राध्यापक कट्टेलले यो प्रश्नावलीमा संस्कृत विषय छुटेकोबारे केन्द्रीय तथ्यांक विभागलाई अवगत गराएको बताए। ‘संस्कृत पढ्नेलाई अन्यमा राखेपछि उनीहरुको प्रतिनिधित्व पनि भएन। पहिचान पनि भएन। राष्ट्रिय जनगणनामा पनि संस्कृत शिक्षा लिनेको वास्तविक तथ्यांक नआउनु पढाउनेका लागि मात्रै होइन राज्यका लागि नै दुःखको विषय हो’, कट्टेलले भने।

कमेन्ट्स
Loading...