सुचना, समाचार र मनोरन्जन

लेखनाथ जेसिजको अध्यक्षमा सुजन 

लेखनाथ /
लेखनाथ जेसिजले बर्ष २०२१÷२०२२ का लागि सुजन न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । लेखनाथ जेसिजको शनिवार सम्पन्न २४ औं बार्षिक साधारण सभा एंव २३ औं अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो ।
समितिको कार्यकारीणी उपाध्यक्षमा मनोज बराल र मनोज चापागाई, कानूनी सल्लाहकारमा चन्द्र प्रकाश ढुंगाना, महासचिव कृष्ण तिवारी, सचिवमा मौसम बराल र कोषाध्यक्षमा प्रकाश राईभाट रहेका छन् । यसैगरी समितिको चारजना उपाध्यक्षमा कृष्ण बास्तोला, पर्वलमणि भण्डारी, प्रज्वल नरेन्द्र बास्तोला र सुजन तिमिल्सेना रहेका छन् । यसैगरी शाखा सम्पादकमा अमृत पौडेल र बृद्धि सभापतिमा सर्वेन्द्र न्यौपाने चयन भएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैन बहादुर क्षेत्रीले सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्नका लागि बैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई नेपालमा झिकाई शिपमुलक तालिम दिईनु पर्नेमा जोड दिए । उनले युवाहरुलाई नेपालमा झिकाउनु पर्ने, शिपमुलक तालिम शिकाउनु पर्ने र उनिहरुलाई नेपालमै टिकाउनु पर्नेमा जोड दिए ।
युवाजनशक्तिलाई नेपालमा झिकाएर शिपमुलक तालिम सिकाउने र उनिहरुलाई नेपालमै रोजगारीको अवस्था सिर्जना गरी यही टिकाउनु पर्नेमा जोड दिर्दै, उनिहरुबाट उत्पादन भएका बस्तु तथा सेवाको बजारीकरण गरी बिक्री वितरणको व्यवस्था मिलाउनु पर्ने बताए ।
पोखरा जेसिजका पूर्व अध्यक्ष एवं नेपाल जेसिजको ४८ औं महाधिवेशन आयोजक समितिका निर्देशक ईश्वर कर्माचार्यले देशभरका जेसिजहरुलाई पौषको पहिलो हप्ता पोखरामा उतारेर आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । उनले नेपाल जेसिजको महाधिवेशनले गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने उल्लेख गर्दै सहयोगका लागि आग्रह गरे ।
लेखनाथ जेसिज बर्ष २०२०÷२०२१ का अध्यक्ष नबराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पोखरा महानगरपालिका वडा नंं २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ्ग, पोखरा जेसिजका निर्वतमान अध्यक्ष शिवप्रसाद सापकोटा, लेखनाथ जेसिजका पूर्व अध्यक्ष ऋषिराम जमरकट्टेल लगायतले नेतृत्व विकासका लागि जेसिजमा आवद्ध हुन युवाहरुलाई आब्हान गरे ।
कार्यक्रममा स्वागत मन्तव्य प्रकाश राईभाट र संचालन चन्द्रप्रकाश ढुंगानाले गरेका थिए । सोही कार्यक्रममा लेखनाथ जेसिजका विभिन्न कार्यक्रमहरुमा सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
कमेन्ट्स
Loading...