सुचना, समाचार र मनोरन्जन

चीनले अफगानिस्तानलाई पठायो मानवीय सहायताका १ हजार टन सामाग्री

बेइजिङ/

चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामग्री पठाएको छ। चीनले पठाएको १ हजार टन मानवीय सहायताका सामग्री बोकेको एउटा रेल चीनको उत्तरपश्चिम सिन्जियाङको उइगुर स्वायत्त क्षेत्रबाट अफगानिस्तानतर्फ प्रस्थान गरेको छ। सो रेल १२ दिनभित्र अफगानिस्तानको मजार आइ सरिफ पुग्नेछ।

चीनले पठाएका सामग्रीमा नान, पाउडर दूध, कटनका जुत्ता, लुगा र कम्मललगायत छन्। सन् २०२१ देखि चीन(अफगानिस्तान मालबहाक रेलले अहिलेसम्म अफगानिस्तानमा २६ हजार टन मानवीय सहायताका सामग्री पठाएको छ।

चीनको विदेश मन्त्रालयका प्रवत्ता वाङ वेनबिनले दुई देशबीचको मालबहाक रेल निरन्तर सञ्चालनमा आएको भन्दै कृषि उत्पादनका सामग्री आयात निर्यात भएको बताएका थिए। १५ अगस्टमा तालिबानले सत्ता हातमा लिएपछि अफगानिस्तानमा मानवीय संकट बढेको छ। चीनले अफगानिस्तानलाई २० करोड युयान बराबरको आपतकालीन सहयोग प्रदान गर्ने बचन दिएको छ।

कमेन्ट्स
Loading...