काठमाडौ । आजबाट नवौँ ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’सुरु हुँदैछ । हरेक वर्ष आयोजना हुँदै आएको महोत्सव कोरोनाको महामारीका कारण भर्चुअल आयोजना गर्न लागिएको हो । मानव अधिकार चलचित्र केन्द्रले आयोजना गर्न लागेको महोत्सवमा ९ गतेसम्म चल्ने महोत्सवमा २४ देशका ४२ वटा फिल्म, वृत्तचित्र, छोटा फिल्मका साथै सबै विधाका फिल्महरू समावेश छन् ।
महोत्सवका निर्देशक पाण्डव खत्रीका अनुसार महोत्सवमा ‘मानव अधिकार र न्यायका लागि वातावरण’, ‘मानव अधिकारमा कोरोनाको प्रभाव’, ‘महिला विरुद्ध हुने हिंसा रोक्न, सशक्तीकरण, अधिकार र समावेशीकरणमा सिनेमाको भूमिका’ जस्ता विषयहरूमा समेत अन्तरक्रिया हुनेछ ।
नेपाली फिल्म सानो बजारमा मात्र सिमित रहेको बेला ओटीटीमा नेपाली फिल्म कसरी पु¥याउने ? भन्ने बारेमा समेत छलफल हुने आयोजनकले जानकारी दिएको छ ।
महोत्सवमा उत्कृष्ट फिक्शन, उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट महिला फिल्मकर्मी छनौट गरी पुरस्कार घोषणा गरिनेछ । महोत्सवमा आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जित निर्णायक मण्डलमा रहेका छन् । यस महोत्सवको सह–आयोजकमा राष्ट्रिय मानव अधिकार र नेपालका लागि क्यानाडा राजदूतावास रहेको छ ।
