सुचना, समाचार र मनोरन्जन

लमजुङमा खुला मिनि म्याराथन हुने, विजेताले साढे ४४ हजार पाउने

जिल्ला खेलकुद विकास समिति लमजुङले १८ मा खुला पुरुष मिनि म्यारथन प्रतियोगिता आयोजना गर्ने भएको छ । सुन्दरबजार नगरपालिका- ९ भोटेओडारमा म्याराथन दौड सञ्चालन गरिने समितिका अध्यक्ष योगबहादुर गुरुङले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ४४ हजार ४ सय ४४ रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । द्वितियलाई २२ हजार २ सय २२, तृतीयलाई ११ हजार १ सय ११ र सान्त्वना दुई जनालाई प्रतिव्यक्ति ५ हजार ५ सय ५५ रुपैयाँ मेडल र प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए।

बेसीशहर नगरपालिकाको प्रवेशद्वारदेखि भोटेओडार, सिउँडीबार, लमजुङ क्याम्पस गेट, पाउँदी हुँदै भोटेओडार बगैचा सम्म करिब १५ किलोमिटरको प्रतियोगिता हुने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद परिषद गण्डकीले ४५ हजार रुपैयाँ बजेट पठाएको र बाँकी रकमकाे जाेहाे समितिले नै गर्ने अध्यक्ष गुरुङले बताए। प्रतियोगीता सञ्चालनका लागी ४ लाख ६० हजार खर्च अनुमान गरिएको छ।

कमेन्ट्स
Loading...