सुचना, समाचार र मनोरन्जन

राणालाई महाभियोग लगाउन माग गर्दै बारले बुझायो एमालेलाई ज्ञापनपत्र

काठमाडौँ/

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेकपा एमालेलाई ज्ञापन पत्र बुझाएको छ। सोमबार बारका पदाधिकारीहरुले सिंहदरबारमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझ्दै नेम्वाङले बारको आन्दोलनमा भएको हस्तक्षेप दुख लागेको उल्लेख गरे। उनले अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित बारका पदाधिकारीहरुसँग भने( यस्तो अवस्था नआएको भए हुन्थ्यो। आन्दोलन हुनु राम्रो होइन तर यहाँसम्म आइपुग्नु भएको छ। सम्बन्धित पक्षले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ। यो विषयलाई अध्यक्ष र स्थायी कमिटीसम्म पुर्‍याउँछु।’

श्रेष्ठले यो विषयलाई छिटो टुंग्याउन नेताहरुसँग आग्रह गरेका थिए। बारले प्रधानन्यायाधीशविरुद्ध निरन्तर आन्दोलन गरिरहेको छ। यस प्रकरणमा राजनीतिक दलहरु भने मौन छन्। दलहरुमाथि दबाब बढाउन बारले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउँदै राणालाई महाअभियोग लगाउन माग गरेको हो।

बारले आजै सभामुख अग्नीप्रसाद सापकोटालाई पनि ज्ञापन पत्र बुझाएको छ।

कमेन्ट्स
Loading...