सुचना, समाचार र मनोरन्जन

महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपाली क्रिकेट टोली भुटानसँग खेल्दै

काठमाण्डौ/

आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल दुबईमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाललाई हङकङले ६ विकेटले हराएको थियो । पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो ।

छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ टोली सहभागी छन् । वरीयतामा नेपाली महिला टोली १४ औं स्थानमा छ । त्यस्तै यूएई १७ औं, हङकङ २५ औं, कुवेत ३४ औं र भुटान ४४ औं स्थानमा छ । छनोटमा विजेता टोलीले विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

कमेन्ट्स
Loading...