सुचना, समाचार र मनोरन्जन

 निष्काशित व्यक्तिहरुको समूहलाई हामी पार्टी मान्दैनौँ – ओली

काठमाडौँ/

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले निष्काशित गरेकाहरुको समूहलाई पार्टी मान्न नसकिने बताएका छन्। उनले मंगलबार सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै माधव नेपालले नेतृत्व गरेको नेकपा समाजवादीलाई पार्टीको मान्यता दिन नसकिने बताएका छन ।

उनले नेपालसहितको समूहलाई नेकपा एमालेले निष्काशन गरेको हुँदा उनीले नेतृत्व गरेको समूहलाई आफूले पार्टीको मान्यता दिन नसकिने स्पष्ट पारेका हुन । माधव नेपाललाई किन एमाले महाधिवेशनमा नबोलाएको भन्ने प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले नेपाल नेतृत्वको दललाई पार्टीको मान्यता दिन नसकिने भएकाले नबोलाएको स्पष्टोक्ति दिएका हुन्।

‘हामीले कलाकार, लेखक, विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएका छौँ, तर उहाँहरुलाई कुन हैसियतमा बोलाउने रु’ उनले कार्यक्रममा क्रममा भने ।

कमेन्ट्स
Loading...