सुचना, समाचार र मनोरन्जन

थप ३५१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

  •  
  •  
  •  
  •  

काठमाडौँ/

नेपालमा पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९ पुगेको छ।

मंगलबार २७३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ३०० सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ८ हजार ७२९ पीसीआर तथा १ हजार ४४५ एन्टिजेन परीक्षण भएको छ।

कमेन्ट्स
Loading...