सुचना, समाचार र मनोरन्जन

आज बुधबार, कुन–कुन तरकारीको मूल्य कति पुग्यो ? ( हेर्नुहोस् सूची )

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । पछिल्लो समय तरकारीमा मूल्यवृद्धि उच्च हुँदै आएको छ ।

मंगलबार रातो आलुको प्रतिकेजी औसत मूल्य ४३.५० रुपैयाँ रहेको थियो भने आज ५७.५० रहेको छ । यस्तै, मंगलबार स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ५५ रुपैयाँ रहेको थियो भने आज ४५ रुपैयाँमा झरेको छ । यस्तै, काँक्रो लोकलको प्रतिकेजी औसत मूल्य ४५ रुपैयाँ रहेको छ ।

टाटे सिमीको प्रतिकेजी औसत मूल्य १२५ रुपैयाँ रहेको छ । नेपाली गोलभेँडाको प्रतिकेजी औसत मूल्य १३५ रुपैयाँ रहेको छ भने लोकल घिउ सिमीको प्रतिकेजी औसत मूल्य ९५ रुपैयाँ रहेको छ ।​

कमेन्ट्स
Loading...