सुचना, समाचार र मनोरन्जन

कांग्रेस रुपन्देही क्षेत्र नं २ को सभापतिमा हरि लम्साल विजयी

बुटवल/

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा हरि लम्साल विजयी भएका छन्। मंगलबार राति सम्पन्न क्षेत्रीय अधिवेशनबाट १६० मत अन्तरले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका लम्साल विजयी भएका हुन्।
विजयी लम्सालले ४०२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी काजीमान श्रेष्ठले २४२ मत प्राप्त गरेको प्रमुख मतदान अधिकृत टीकाराम शर्माले जानकारी दिए।

क्षेत्रीय सचिवमा देउवा समूहका प्रजापाल गिरी र पौडेल समूहका विमलराज भट्टराई निर्वाचित भएका छन्। सचिवमा निर्वाचित गिरीले ४२९ मत र भट्टराईले ३६८ मत प्राप्त गरे। सहसचिवमा मिलन थापा ९३५१० र राजबहादुर क्षेत्री ९३४०० मतसहित विजयी भएका छन्। उनीहरु दुवै जना पौडेल पक्षका हुन्। महाधिवेशन प्रतिनिधिमा भने मिश्रित परिणाम आएको छ।

कमेन्ट्स
Loading...