सुचना, समाचार र मनोरन्जन

अमेरिकामा लोकतन्त्र सम्मेलन हुँदै विश्वभरका एक सय १०देशलाई निम्तो, चीन र रुसलाई बोलाएन

  •  
  •  
  •  
  •  

काठमाण्डौ/

अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभरका एक सय १० देशलाई लोकतन्त्र विषयमा हुने भर्चुअल सम्मेलनमा निम्तो दिनुभएको छ ।

डिसेम्बरको ९ र १० तारिखमा हुने यस सम्मेलनमा चीन र रुसलाई भने बोलाइएको छैन । तर ताइवान भने यो सम्मेलनमा भाग लिँदैछ । अमेरिकी विदेश विभागले जारी गरेको एक पत्रमा यसबारे उल्लेख छ ।

अमेरिकाको यो कदमसँग चीन असन्तुष्ट हुनसक्ने बीबीसीले जनाएको छ । किनकी ताइवानलाई चीनले आफ्नो अभिन्न हिस्सा मान्दै आएको छ । यस्तै अमेरिकाले टर्की, अफगानिस्तान, बंगलादेश, श्रीलङ्कालाई पनि यस सम्मेलनमा बोलाएको छैन ।

कमेन्ट्स
Loading...