पोखरा
कोरोनाले नेपालको चलचित्र उद्योगलाई तहसनहस बनाएको छ । भूकम्पले घर भत्काए जस्तै अहिले कोरोनाले चलचित्र उद्योगलाई भत्काएको छ । नेपालको चलचित्र बजार उकास्नका लागि
कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन र आम दर्शकहरुलाई फिल्म हलमा चलचित्र हेर्नका लागि आह्वान गर्दै प्रिमियर शो कार्यक्रम गर्न लागिएको छ । यस्ता कार्यक्रमको आयोजनाले कलाकारिता क्षेत्र तथा सामाजिक क्षेत्रमा थप प्रोत्साहन मिल्ने विश्वास लिएको मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले बताएका छन् ।
नेपाली सिनेमा क्षेत्रका हरेक गतिबिधिलाई प्राथमिकतामा राख्दै नयाँ तथा पुराना चलचित्रहरुको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको लककीले बताए । चर्चित लक्की मिडिया हाउस चितवनले आम दर्शकहरुको रोजाईमा नयाँ नेपाली चलचित्र “चपली हाइट ३” को भब्य रुपमा प्रिमियर शो गर्ने जनाएको छ । पौष १ गते विहिबार दिउँसो १ बजे क्युएफएक्स जलमा सिनेमा हलमा प्रिमियर शो गरिने लक्कीले बताए ।
“नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो । विस्तारै हामी माथी उठ्ने प्रयास गर्दै छौं । अब हलमा चलचित्रहरु रिलिज हुन आवश्यक छ । सोही उद्देश्य राखेर हामीले विशेष सो गर्न लागेका हौं ।”, उनले भने,“नेपाली चलचित्रको चर्चित कलाकारहरुको साथमा हरपल सबैको साथको खाँचो छ ।”

नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिएको लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रको रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो तथा च्यारीटी शो गर्दै आएको छ । यस अघि पनि विभिन्न कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई चलचित्रको विशेष शोको आयोजना गर्दै सम्मान गरेको थियो ।को रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो तथा च्यारीटी शो गर्दै आएको छ । यस अघि पनि विभिन्न कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई चलचित्रको विशेष शोको आयोजना गर्दै सम्मान गरेको थियो ।