सुचना, समाचार र मनोरन्जन

एमालेका सचिव योगेश भट्टराईले आगामी महाधिवेशनमा पनि सचिव पदमै उम्मेदवारी दिने

काठमाडौं/

नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी महाधिवेशनमा पनि आफू सचिव पदमै उम्मेदवार रहने बताएका छन्। चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले नेकपा एमालेभित्रको समूह नेकपा एमाले नै रहेकोसमेत बताए।

सञ्चारकर्मीहरुसँग उनले भने( ‘लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ। म अहिले चौतारीमा बस्दै छु। सचिव पदमा उठ्ने तयारी गरेको छु।’

उनले एमालेको १० औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पनि बताए।

कमेन्ट्स
Loading...