सुचना, समाचार र मनोरन्जन

बागलुङ क्षेत्र नं १ को कांग्रेस सभापतिमा शर्मा विजयी

काठमाडौँ/

कांग्रेस बागलुङ क्षेत्र नं १ मा चण्डीप्रसाद शर्मा विजयी भएका छन्। प्रतिस्पर्धी खडकबहादुर थापालाई चार मतान्तरले पराजित गर्दै शर्मा विजयी भएका हुन्। शर्माले ५५४ मत प्राप्त गरेका छन् भने थापाले ५५० मत ल्याएका छन्। सचिवमा शर्माको प्यानलबाटै जयराम भारी र गोविन्द पौडेल ९गोपाल० र सहसचिवमा गणेश लम्साल र विष्णु पौडेल विजयी भएका छन्।

कांग्रेस महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं १ बाट खुला सदस्यतर्फ जगदीशचन्द्र उपाध्याय, हरिहर शर्मा, डिल्लीराम सुवेदी, मणिभद्र शर्मा कँडेल, प्रकाश शर्मा पौडेल, नवराज पौडेल, ओमकार थापा, चिरञ्जीवी गौतम, प्रकाश आचार्य र हरिप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्।

खस आर्यबाट महिला सदस्यमा कमला पराजुली र भगवती शर्मा सापकोटा, खस आर्य खुला सदस्यमा उमाकान्त पौडेल, नारायण शर्मा पौडेल र विष्णु शर्मा दारी विजयी भए। आदिवासी जनजाति महिला सदस्यमा बेमकुमारी थापा, खुलामा वसन्तकुमार श्रेष्ठ र भीम श्रीषले जितेका छन्।

दलित महिला सदस्यमा दुर्गादेवी विश्वकर्मा र दलित खुला सदस्यमा सीताराम रसायली विजयी भएका छन्। मुस्लिम, अपांग, अल्पसंख्यकमा प्रेमबहादुर छन्त्याल निर्वाचित भएका छन्।

कमेन्ट्स
Loading...