सुचना, समाचार र मनोरन्जन

कास्की कांग्रेस उपसभापतिमा रंगिला पौडेलको उम्मेदवारी घोषणा

पोखरा /

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कास्की जिल्ला उपसभापतिमा रंगीला पौडेल आचार्यले उम्मेदवारी घोषणा गरेकी छन् । हाल जिल्ला सहसचिव रहेकी उनले उपसभापतिमा उम्मेदवारी दिने सामाजिक सञ्जालमार्फत घोषणा गरेकी हुन् ।

उनले अग्रज नेताहरुको सल्लाह, सुझाव , समकालिन साथीहरुको भावनाको कदर र अनुजहरुको इच्चा बमोजिम नेपाली कांग्रेस कास्कीको उपसभापति पदमा आँफूलाई प्रस्तुत गरेको उल्लेख गरेकी छन् ।कांग्रेसमा सवल र सक्षम नेतृत्वकालागी आफ्नो उमेद्वारी रहेको उनले बताइन् ।

हालै कास्की क्षेत्र नं २ को महिलातर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी पौडेलले विगतमा जस्तै माया र सद्भाव सहित सहयोगका लागी क्षेत्रिय प्रतिनिधीहरुलाई मतदान गर्न लागी आग्रह गरेकी छन् ।
लामो समयदेखि नेपाली काँग्रेसको विभिन्न संगठनमा क्रियाशील छन् ।

सामाजिक कार्यसमेत गर्दै आएकी उनले गत वर्ष कोरोना महामारीको बेला विपन्न वर्गलाई खाद्यान्न सहयोग गरेकी थिइन् ।

कमेन्ट्स
Loading...