सुचना, समाचार र मनोरन्जन

भालुको आक्रमणबाट वृद्ध गम्भीर घाइते

  •  
  •  
  •  
  •  

पाँचथर /

भालुको आक्रमणबाट गाईवस्तु चराउन गएका पाँचथर फालेलुङका एक वृद्ध गम्भीर घाइते भएका छन । फालेलुङ गाउँपालिका( ३ मेमेङका ७० वर्षीय रामकुमार राईलाई शुक्रबार बिहान अन्दाजी ७ बजे भ्याक्टे भन्ने जंगलतर्फ जाने क्रममा घरबाट करिब तीन किलोमिटर टाढा पुगेपछि भालुले आक्रमण गरेको थियो। राईको शरीरका विभिन्न भागमा चोट लागेको छ।

गम्भीर घाइते राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए। घटनाबारे स्थानीयवासीले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मेमेङबाट प्रहरी नायव निरीक्षक राजन खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ।

भालुले आक्रमण गरेको स्थान इलाका प्रहरी कार्यालय मेमेङबाट करीब २० किलोमिटर उत्तरपूर्वमा छ। फिदिम नगरपालिका, फालेलुङ र याङवरक गाउँपालिकाका उच्च पहाडी क्षेत्रमा जंगली जनावर भालु रहेको स्थानीयवासीले बताउने गरेका छन्।

कमेन्ट्स
Loading...