सुचना, समाचार र मनोरन्जन

पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत बरालको सरुवा, उनको ठाउमा रिजाल आउने

पोखरा /

PCCi MELa

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालको सरुवा भएको छ । उनको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको हो । बरालको ठाउँमा बलाराम रिजाल आउने भएका छन्। रिजाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पोखरा महानगर सरुवा भएका हुन् । रिजाल बागलुङका स्थायी बासिन्दा हुन्।

सरकारले ४९ जना सहसचिवको सरुवा गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बुधबार केही दिनअघि सरकारले मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरेका डेढ दर्जन सहसचिवसहित ४९ जनाको काज सरुवा गरेका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) का सहसचिव रमेश अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)कै सहसचिव देवराज जोशीलाई राष्ट्रि महिला आयोगमा पठाइएको छ।

कमेन्ट्स
Loading...