पोखरा/
नेपाली काँग्रेसको आसन्न १४ औ महाधिवेशन अन्तर्गत ‘काँग्रेस कास्कीको सभापतिमा किशोरदत्त बरालले उम्मेदवारी दिएका छन्। पोखरामा बिहिबार पत्रकार सम्मलेन आयोजना गरी बरालले उम्मेदवारी घोषणा गरेका हुन् ।
गुट उपगुट भन्दा माथि उठेर प्रतिस्पर्धामा काम गर्नको लागि आफुले सभापतिमा उम्मेदवारी दिएको बरालले बताए । बरालेल कांग्रेस पार्टीलाई व्यवस्थित बनाउँदै नेपालको समग्र क्षेत्रको बिकासको लागि आफ्नो उम्मेद्वारी रहेको बताएका छन्।
उनले कांग्रेसका केही जुझारु सहकर्मीहरुको समुह बनाई महाधिवेशनमा सहभागि हुन लागेको पनि बताए । अहिले पार्टीको साख कमजोर हुँदै गएको छ, गल्ती हरकोही बाट हुने र आफुहरु गल्तीलाई सुधार्नको लागि चुनावी मैदानमा जान लागेको उनले बताए ।
राजनीतिलाई ईमानदारिताको पेशा बनाउनको लागि नेताहरुले उद्धमशिलतामा पनि लाग्नुपर्ने आवस्यकता रहेको उल्लेख गर्दै एक नेता एक उद्धमशिलताको नारा भन्ने भनाईलाइ अवलम्वन गर्नुपर्ने उनको जोड थियो ।
‘पार्टी सुदृढीकरण, सवल र सक्षम नेतृत्वका लागि आफ्नो उम्मेदवारी’ रहेको नेता बरालले बताए। उनले चुनाव जित्ने आत्माविश्वासका साथ आफुले उम्मेदवारी दिएको पनि पत्रकार सम्मलेनमा बताएका थिए। बरालले आफ्नो काँग्रेसका सम्पूर्ण नेताहरुसँगै राम्रो सामिप्यता रहेको उल्लेख गरे ।
काँग्रेसको जिल्ला अधिवेशन मंसिर १० लाई तोकिएको छ । उम्मेदवारी मनोनयन दर्ता एकदिन अघि भएता पनि आकांक्षीहरु धेरै देखिएका छन्।