सुचना, समाचार र मनोरन्जन

माइकल कर्माचार्यले दिए ‘काँग्रेस कास्कीको जिल्ला सदस्य’ पदमा उम्मेदवारी

पोखरा /

नेपाली काँग्रेसको आसन्न १४ औ महाधिवेशन अन्तर्गत ‘काँग्रेस कास्की’को जिल्ला सदस्य पदमा माइकल कर्माचार्यले उम्मेदवारी दिएका छन्। ‘पार्टी सुदृढीकरण, सवल र सक्षम नेतृत्वका लागि आफुले जिल्ला सदस्यमा उम्मेदवारी’ दिएको कर्माचार्यले बताए।

‘पार्टीलाई सही ठाउमा लैजान मेरो उम्मेदवारी हो । गुट उपगुट भन्दा माथि उठेर काम गर्ने छु । आशा छ, काँग्रेसमा विगतदेखि वर्तमान सम्म मैले गरेका योगदानको कदर हुनेछ ।’ कर्माचार्यले काँग्रेसका सम्पूर्ण नेता, सदस्यले आफुलाई सहयोग गर्ने उल्लेख गरे।

व्यवसायको धरोहरबाट आएकोले राजनीति संगै समाज बिकासमा लाग्ने आशाका साथ जिल्ला सदस्यमा आफ्नो जित सुनिश्चित रहेको उनको भनाई छ। ‘मूल्य मान्यता र सदाचार प्रतिको प्रतिबद्ता’का साथ आफु आएकोले पद भन्दा पनि काम ठूलो भएकाले सदस्यमा उम्मेदवारीको घोषणा गरेको उनको भनाई छ।

काँग्रेसको जिल्ला अधिवेशन यही मंसिर १० लाई तोकिएको छ । उम्मेदवारी मनोनयन दर्ता एकदिन अघि भएता पनि आकांक्षीहरु धेरै देखिएका छन् ।

कमेन्ट्स
Loading...