काठमाडौँ/
एमालेको चितवनमा भइरहेको १० औँ महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा कार्यक्रमस्थल पुगेका छन्।
चितवनस्थित नारायणी किनारमा एमालेको १० औँ महाधिवेशन सुरु भएको छ। राष्ट्रिय गानबाट कार्यक्रम सुरु भएको छ।

कार्यक्रम एमालेका सचिव प्रदीप ज्ञवालीले सञ्चालन गरिरहेका छन्। कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि पुगिसकेका छन्।
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षता गरेका छन ।