सुचना, समाचार र मनोरन्जन

यस्तो देखियो नेकपा एमालेको दशौं महाधिवेशन, हेर्नुहोस् दृष्य तस्वीरमा

नेकपा एमालेको दसौं महाधिवेशन चितवनमा सुरू भएको छ। महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झण्डात्तोलन गरी सुरू गरेका हुन्।

नारायणघाटको नारायणी किनारमा बनाइएको मञ्चमा उद्घाटन समारोह आयोजना गरिएको छ। ओलीले रिमोर्ट थिचेर एमालेको झन्डा, नेपालको राष्ट्रिय झन्डा र पार्टीको चुनाव चिन्ह सूर्य अंकित झन्डात्तोलन गरेका हुन्।

झन्डोत्तोलन गरेर महाधिवेशन उद्घाटन गरेपछि एमाले अध्यक्ष ओलीले नारायणी किनारमा बनाइएको एकसिङे गैंडाको मस्कट पनि अवलोकन गरेका थिए। महाधिवेशनमा कयौं संख्यामा सहभागीहरू उपस्थित भएका छन्। महाधिवेशन सहभागीहरू कोही फोटो खिच्नमा व्यस्त देखिन्छन् भने आराम गर्दै खाजा खानामा।

महाधिवेशनका लागि देशका विभिन्न स्थानबाट आएका नेकपा एमालेका कार्यकर्ताको भिडले भरतपुर क्षेत्रका सडक अस्तव्यस्त छन्। पश्चिम नेपालबाट आएका गाडीहरू नवलपुरको गैंडाकोटबाट चितवन प्रवेश गर्न सकेका छैनन्। एम्बुलेन्सलाई समेत नारायणी नदीको पुल तर्न सकस भइरहेको छ।

महाधिवेशनलाई प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापालगायतले सम्बोधन गरेका थिए। महाधिवेशनमा उल्लेख्य जनसहभागिता थियो।

हेर्नुहोस् तस्बिरहरु :

 

 

कमेन्ट्स
Loading...