सुचना, समाचार र मनोरन्जन

हक्की संघ कास्कीद्वारा हिमालय स्कुललाई खेलकुद सामग्री वितरण

कास्की । हक्की संघ कास्कीद्धारा पोखरा–१७ घारीपाटन स्थित हिमालय स्कुललाई हक्की ब्याट र बल वितरण गरेको छ । संघले स्कुललाई करिव ५० हजार बराबरको सामग्री वितरण गरेको हो । खेलकुदका सामाग्री वितरण गर्दै संघका कोषाध्यक्ष राजन श्रेष्ठले खेलकुदमा विद्यार्थीलाई प्रोत्साहन गर्नका लागि खेलकुद सामाग्री वितरण गरिएको बताए ।

त्यस्तै, विद्यालयका प्रधानाध्यापक डा.टेक नारायण पौडेलका अनुसार प्राप्त भएको खेल सामाग्री हक्की खेललाई प्राथमिकताका साथ खेलाइने छ । क्लवका अध्यक्ष राजन नेपालीले भने हक्की खेल विद्यार्थीका लागि निकै उपयोगी हुने भएकाले विद्यार्थीका लागि ब्याट र बल वितरण गरिएको हो । उनका अनुसार यस खेलका लागि विद्यार्थीहरुलाई आकर्षण गर्नका लागि प्रशिक्षण समेत दिने बताए ।

कमेन्ट्स
Loading...