सुचना, समाचार र मनोरन्जन

‘चुरीफुरी’ को ट्रेलर देखाइयो विदेश जान खोज्ने युवाको सपना

काठमाडौ । हास्य प्रदान फिल्म ‘चुरीफुरी’ को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ । ऋषिराज आचार्यको लेखन,निर्माण र निर्र्देशनमा बनेको फिल्मको ट्रेलरमा विदेश जान खोज्ने युवाको परिबेश र परिस्थितिलाई दर्शाइएको छ । हाइलाइट्स नेपालको युटुव च्यानलमार्फत दर्शकमाझ ल्याइएको ट्रेलर पौने तीन मिनेट लामो छ ।

पुष ९ गते प्रदर्शन हुने फिल्मको ट्रेलरमा डेब्यु अभिनेता अभिषेक श्रेष्ठ, रबिन्द्र झा, शिसिर भण्डारी,दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित (दारी बा), राजीवजंग बस्नेत, तुलसीप्रसाद श्रेष्ठलगायत नव अभिनेत्री त्रय पूजा पन्त,सोना बज्राचार्य र रिन्जिन गुरुङलाई प्रस्तुत गरिएको छ ।

आरबि मुभिज्को ब्यानरमा निर्माण भएको फिल्म राहुल राईले खिचेका हुन भने सम्पादन र कलर ग्रेडिङ नवीन निरौलाको छ । निर्देशक आचार्य र रिना ढकाल (भण्डारी) निर्माता रहेको फिल्मको सह–निर्मातामा बिमला भुषाल, राजेन्द्र खाती, शिब थापा र खेमराज भण्डारी रहेका छन् ।
यस फिल्मको केही समयअघि मात्रै शीर्ष गीत सार्वजनिक गरिएको थियो । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।

दीपक शर्माको संगीत रहेको फिल्ममा सुनीता श्रेष्ठ, ऋतु आचार्य,जोया ढकाल,राजेन्द्र खाती, मनिल तामाङ,महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, रश्मी आचार्य,सरिस्मा मगरलगायतको पनि अभिनय देख्न सकिन्छ । डिसिएनले वितरण गर्ने फिल्ममा भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देश समेत रहेको दावी निर्देशक आचार्यको छ ।

कमेन्ट्स
Loading...