सुचना, समाचार र मनोरन्जन

स्याङ्जा कांग्रेसको सभापतिमा थापा विजयी

नेपाली कांग्रेस स्याङ्जाको सभापतिमा राजु थापा विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनामा थापाले एक हजार ११७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी भागवतप्रकाश मल्लले एक हजार ८५ मत पाए।

British college

कूल दुई हजार २५७ मतदातामध्ये दुई हजार २१८ मत खसेको थियो। विजयी थापा संविधानसभा सदस्य हुन् भने मल्ल स्याङ्जा क्षेत्र नं २ प्रदेश ख का विजयी सांसद एवं नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशका सचेतक हुन्। दुबैले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा प्रतिस्पर्धा गरेका थिए। उपसभापति, सचिव, सहसचिवमा थापा र मल्ल समूहबाट एक-एक जना निर्वाचित भएका छन्।

विजयीमध्ये थापा समूहबाट उपसभापतिमा केदार काफ्लेले एक हजार ३७० र मल्ल समूहका शेरबहादुर थापाले ८९३ मत प्राप्त गरे। सचिवमा थापा समूहबाट गुरुप्रसाद भट्टराई एक हजार २९२ र मल्ल समूहबाट दामोदर लम्सालले ९३४ मत पाए भने सहसचिवमा थापा समूहबाट ध्रुवबन्धु पौडेल एक हजार १५८ मत र मल्ल समूहबाट पृथ्वीप्रसाद पोख्रेलले ९३९ मत पाएका थिए।

कमेन्ट्स
Loading...