सुचना, समाचार र मनोरन्जन

कास्कीमा अवैध अमेरिकी डलर १ लाख ९४ हजार सहित डुन्डु पक्राउ

पोखरा /

जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीलेअवैध अमेरिकी डलरसहित १ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हंशपुर र वप्रका गगनगौंडाबाट खटिएको संयुक्त प्रहरीको टोलीले छिरिङलाई १ लाख ९४ हजार २ सय अवैध अमेरिकी डलरसहित पक्राउ गरेको शनिबार पत्रकार सम्मेलन गर्दै एसपी रमेश थापाले जानकारी गराए ।

पोखरा महानगरपालिका वडा नं- ३३ स्थित काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको सवारीसाधन चेकजाँच गर्ने क्रममा जिल्ला मुस्ताङ लो-घेकर दामोदर कुण्ड गापा वडा नं – १ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा मनपा वडा नं- ९ शिवालयचोक बस्ने ४४ वर्षीय छिरिङ डुन्डु गुरुङलाई अवैध रकमसहित पक्राउ गरिएको उनले बताए ।

प्रहरीले गुरुङबाट अवैध १ लाख ९४ हजार २ सय अमेरिकी डलर, १ थान नागरिकताको प्रमाणपत्र, १ थान चेकबुक र २ वटा मोबाइल फोन बरामद गरेको छ । पक्राउ परेका निज उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ।

कमेन्ट्स
Loading...