सुचना, समाचार र मनोरन्जन

नन्दीनी हर्वलले गर्यो आफ्ना ६ वटा नयाँ उत्पादन सार्वजनिक

काठमाडौं /

नन्दीनी हर्वलले आफ्ना ६ वटा नयाँ उत्पादन सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उत्पादन कम्पनीले नयाँ उत्पादन सामाग्री सार्वजनिक गरेको हो । केही महिना अघि आफ्ना उत्पादनहरु सार्वजनिक गर्ने तयारी गरेकोमा कोरोना महामारी र लकडाउनका कारण ढिलो गरी सामाग्री सार्वजनिक गर्नु परेको कम्पनीका प्रबन्ध निर्देशक हितेश लिम्वानीले बताउनुभयो ।

सौन्दर्य सामाग्रीहरुको परिक्षण र निरिक्षणमा सरकारले चाँसो नराख्दा नक्कली सामाग्रीहरु बजारमा आइरहेकाले सचेत रहन एनप्लस प्रोफेसलनका क्षेत्रीय बजार व्यवस्थापक पदम शर्माले आग्रह गर्नुभयो । उहाँले एनप्सल प्रोफेसनलका नयाँ ६ वटा सामाग्री ढुक्कले प्रयोग गर्न सुझाव समेत दिनुभएको थियो ।

उत्पादित सामाग्रीको प्रचारमा आफूले सञ्चार माध्यमसँग साझेदारी गरेर अगाडी बढ्ने ब्राण्ड एम्बासडर बिना श्रेष्ठले बताउनु भयो । नयाँ उत्पादनहरुमा अण्डर आमक्रिम, अण्डर आइक्रिम, रेटोनल सिरम, प्योर मिनिमाइजर सिरम, स्मुथिङ स्याम्फु र स्मुथिङ कन्डीस्नर सार्वजनिक गरिएका हुन् ।

नयाँ सौन्दर्य सामाग्री सार्वजनिक कार्यक्रममा पूर्व मिस नेपाल इभाना मानन्धर, गाएक आनन्द कार्की, धिरज राई गायिका रेखा शाह, अभिनेत्री शर्मिला मल्ल, नायिका एलिजा गौतम लगायत चर्चित व्यक्तिहरुको उपस्थिती रहेको थियो।

कमेन्ट्स
Loading...